अध्यक्ष लामिछानेको सांसद पद खारेज

अध्यक्ष लामिछानेको सांसद पद खारेज

२०७९, माघ १३ शुक्रवार

  • 693
    SHARES

  • अध्यक्ष लामिछानेको सांसद पद खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।

    लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्नेभएको छ ।

    २०७९, माघ १३ शुक्रवार०७:१३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार