अब राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति अर्याल, दलको नेता श्रेष्ठ

अब राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति अर्याल, दलको नेता श्रेष्ठ

२०७९, माघ १४ शनिवार

  • 1.1K
    SHARES

  • अब राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति अर्याल, दलको नेता श्रेष्ठ

    काठमाडौँ । पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछाने नागरिकताका कारण पदमुक्त भएपछि स्वतन्त्र पार्टीको दुवै पदको जिम्मेवारी अरु नेताहरुलाई दिने भएको छ।

    शुक्रबार साँझ सर्वोच्चको आदेश आएसँगै राति नै बैठक बसेर दुवै पदको जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो।

    स्वतन्त्र पार्टीका एक नेताका अनुसार पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी श्रममन्त्री समेत रहेका डोरप्रसाद अर्याललाई दिइने भएको छ। उनी अहिले पार्टीको उपसभापति छन्।

    त्यस्तै दलको नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइने भएको छ। उनी काठमाडौँ ८ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

    २०७९, माघ १४ शनिवार११:४१:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार