सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : वरिष्ठ नेता पौडेल

सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : वरिष्ठ नेता पौडेल

२०७९, माघ १८ बुधवार

  • 749
    SHARES

  • सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : वरिष्ठ नेता पौडेल

    दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

    नेपाली काँग्रेस तनहुँले मंगलबार आयोजना गरेको वर्तमान अवस्थामा काँग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गर्नुभयो ।

    राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उहाँले उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गर्नुभयो ।

    वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिनुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काँग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    सो अवसरमा नेता पौडेलले काँग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गर्नुभएको थियो ।

    २०७९, माघ १८ बुधवार११:२३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार