काँग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काँग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार

२०७९, माघ १८ बुधवार

  • 1.1K
    SHARES

  • काँग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।

    सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख दरपिठ गर्नुभएको हो ।

    प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट ब्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रुपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपीठ आदेशमा उल्लेख छ ।

    सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेश गरेको रिट निवेदन दरपीठ भएको हो ।

    रिट निवेदनमा काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ । प्रधानमन्त्री दाहाललाई गत पुस २६ काँग्रेसले पनि विश्वासको मत दिएको थियो ।

    २०७९, माघ १८ बुधवार०७:५९:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार