प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु

प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु

२०७९, माघ १९ बिहिवार

  • 781
    SHARES

  • प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु

    काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूका लागि बिहीबारबाट अभिमुखीकरण कार्यक्रम सुरु हुँदैछ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा अभिमुखीकरण कार्यक्रम आज ११ बजेबाट सुरु हुन लागेको हो।

    संसद सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले अभिमुखीकरण तालिमले नयाँ आउने सांसदलाई संसदीय प्रक्रिया बुझ्न सहज हुने जानकारी दिए।

    ‘सांसदहरूलाई ऐन, कानुनका कुराहरू, यहाँ प्रयोग हुने संसद्को परिचय पुस्तिकालगायतका विषयमा अभिमुखीकरण दिइनेछ। नयाँ आउने सांसदहरूले धेरै नयाँ कुरा सिक्नुहुनेछ’, उनले भने।

    अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने प्रवक्ता पाण्डेले बताए।

    २०७९, माघ १९ बिहिवार११:२३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार