माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

२०७७, पौष २९ बुधवार

  • 2.0K
    SHARES

  • माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

    पौष २९, काठमाडौँ ।

    सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

    सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७७, पौष २९ बुधवार०७:११:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार