श्रीलंका छिट्टै आर्थिक संकटबाट मुक्त हुने राष्ट्रपतिको दावी

श्रीलंका छिट्टै आर्थिक संकटबाट मुक्त हुने राष्ट्रपतिको दावी

२०७९, माघ २६ बिहिवार

  • 1.1K
    SHARES

  • श्रीलंका छिट्टै आर्थिक संकटबाट मुक्त हुने राष्ट्रपतिको दावी

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने दावी गरेका छन्।

    आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिंघेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए।

    ‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु। जनताले ती निर्णयको महत्त्व दुई-तीन वर्षमा महसुस गर्नेछन्’, उनले भने।

    विक्रमासिंघेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे।

    राष्ट्रपति विक्रमासिंघेले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

    २०७९, माघ २६ बिहिवार११:३८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार