सत्ताधारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

सत्ताधारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

२०७९, माघ २६ बिहिवार

  • 1.0K
    SHARES

  • सत्ताधारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

    काठमाडौँ । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।

    बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो ।

    तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    २०७९, माघ २६ बिहिवार११:४३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार