प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने

२०७९, माघ २७ शुक्रवार

  • 793
    SHARES

  • प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने

    काठमाडौं । देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लागेको छ ।

    आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

    शनिबार पनि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार पहाडी भू-भागमा  आंशिक बदली भए पनि हिमपात र वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

    २०७९, माघ २७ शुक्रवार०८:४०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार