गंगेश्वर शिव पाञ्चायन मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाइँदै

गंगेश्वर शिव पाञ्चायन मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाइँदै

२०७९, माघ २७ शुक्रवार

  • 1.8K
    SHARES

  • गंगेश्वर शिव पाञ्चायन मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाइँदै

    चावहिल । काठमाडौं महानगरपालिका ६ नं वडाको महांकाल पानीट्यांकीमा अवस्थित गंगेश्वर शिव पाञ्चायन मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा आयोजना हुने भएको छ । 

    समस्त नेपाली तथा विदेशी समेतको लोकप्रिय पर्वको रुपमा विकास भएको महाशिवरात्री पर्वको अवसर पारेर कार्यक्रम भव्य बनाउन विभिन्न विधाका तयारी उपसमिति निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा रमेश न्यौपानेले बताए । 

    12.jpg

    शिवरात्रीको दिन बिहान ८ बजेदेखि ११ बजे सम्म रुद्रि पाठ तथा भजन किर्तनको आयोजना गरिएको छ भने साँझ ६ बजेदेखि धुनी जगाएर पर्वको महत्व बढाइने डा न्यौपानेले बताए । 

    यहि फागुन ६ गते शनिवारका दिन हुने उक्त कार्यक्रममा सहभागि भई भगवान शिवको दर्शन तथा प्रसादग्रहणका लागि समेत डा न्यौपानेले समस्त भक्तजनहरुलाई आग्रह गरेका छन् ।

    13.jpg
     

    २०७९, माघ २७ शुक्रवार०९:२२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार