बागमतीमा आजदेखि लाइसेन्सको ट्रायलमा नयाँ मापदण्ड, ७० अंक ल्याए पास

बागमतीमा आजदेखि लाइसेन्सको ट्रायलमा नयाँ मापदण्ड, ७० अंक ल्याए पास

२०७९, फाल्गुण २ मंगलवार

  • 929
    SHARES

  • बागमतीमा आजदेखि लाइसेन्सको ट्रायलमा नयाँ मापदण्ड, ७० अंक ल्याए पास

    काठमाडौँ । बागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ।

    मंगलबारबाट बागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो।

    आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ। मंगलबार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुगेका बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताए।

    उनले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था सुरु भए पनि बागमती प्रदेशमा भने ढिलो गरी सुरु भएको बताए। उनले परीक्षार्थी सबैलाई पास हुने गरी परीक्षार्थीमैत्री व्यवस्था लागू गरेको बताए। सानो त्रुटिले पनि लाइसेन्स नपाउने र फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने झन्झटलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको बताए।

    नयाँ मापदण्डअनुसार बाइक र स्कुटरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको १० नम्बर छुट्याइएको छ भने ट्रायलका क्रममा ८ भित्र एक पटक खुट्टा टेकेमा वा एकपटक अंकित रेखा घेरा छोएमा पनि अघि बढ्न पाउने नियम छ। त्यसमा ५र५ अंक काटिनेछ।

    त्यस्तै, ८ बाट बाहिर निस्किएपछि न्यारोरोडमा स्कुटी बाइक तल झरेको खण्डमा फेल हुनेछ भने साइड लाइट नबालेको खण्डमा १० अंक काटिने छ। जेब्रा क्रसिङमा रातो र पहेँलोमा नरोकी अघि बढ्न सकिने छ तर त्यसमा १५ अंक काटिने छ। हरियो रङको लाइट बलेको बेलामा गए नम्बर काटिने छैन।

    स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएमा वा एक पटक खुट्टाले छोए ५/५ नम्बर काटिने छ भने एक पटकभन्दा बढी खुट्टा टेकेमा र स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ। उकालोमा अगाडिको घेरा छुन नपाइने तर एक पटक स्टार्ट बन्द भए वा बाइक ६ इन्चभन्दा पछाडि नगएमा भने प्रक्रिया अघि बढ्नेछ। ओरालोमा पनि अंकित रेखा नछोए अघि बढ्न सकिने छ। त्यस्तै, चार पांग्रे सवारीसाधनको हकमा ८ मा अंकित रेखामा २ पटकसम्म लाइन छोएमा अघि बढ्नसक्ने व्यवस्था छ।

    ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए पनि मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ।

    बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ।

    दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायलमा फेल हुने छैन। दुई पटकभन्दा बढी उक्त रेखा छोए सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, एक पटकभन्दा धेरै पटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तिर्ण भएको घोषणा गरिने व्यवस्था छ। -संचार

     

    २०७९, फाल्गुण २ मंगलवार०३:०६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार