‍यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने देखियो : योगेश भट्टराई

‍यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने देखियो : योगेश भट्टराई

२०७९, फाल्गुण ३ बुधवार

  • 949
    SHARES

  • ‍यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने देखियो : योगेश भट्टराई

    काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।

    उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरूको नियमन गर्न जरुरी रहेको बताए।

    सांसद भट्टराईले भने, ‘हामीले एउटा यातायात सुरक्षा काउन्सिल बनाउनुपर्छ। त्यसले सडक विभागले गरेका कामहरूको पनि नियमन गर्छ, अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ। यी कामहरू आज हुन सकेका छैनन्। एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ। रोड सेफ्टी एक्शन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ। रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ। हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ। विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो। ७० प्रतिशत मानिसहरू कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेको छ। हाम्रा कुनै पनि सडकहरु अपाङ्गमैत्री छैनन् त्यसतिर पनि ध्यान दिनुपर्छ।’

     

    २०७९, फाल्गुण ३ बुधवार०३:०६:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार