आजको मौसमः तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपात

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपात

२०७९, फाल्गुण ७ आइतवार

  • 817
    SHARES

  • आजको मौसमः तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपात

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, राति भने प्रदेश नम्बर १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

    तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ।

    २०७९, फाल्गुण ७ आइतवार०८:०७:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार