राज्यका निकाय गैर जिम्मेवार भए : डा तोसिमा कार्की

राज्यका निकाय गैर जिम्मेवार भए : डा तोसिमा कार्की

२०७९, फाल्गुण १२ शुक्रवार

  • 801
    SHARES

  • राज्यका निकाय गैर जिम्मेवार भए : डा तोसिमा कार्की

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी छन् । 

    शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सरकारी निकायहरूले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन् । 

    काठमाडौँ उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन् ।

    सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैँसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ भन्दै प्रश्न गरिन् । 

    टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलेमतो र दबाब के हो भन्दै उनले सरकारसँग जवाफ मागिन् ।

    राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथिको अपराध भएको उनको भनाइ छ । उनले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेथिति अविलम्ब समाधान गर्न माग गरिन् ।

    २०७९, फाल्गुण १२ शुक्रवार०३:५४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार