भक्तपुर । भट्टराई कुल वंश प्रतिष्ठान वागमति प्रदेश समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समितिको भक्तपुर राधेराधे स्थित कार्यालय राधेराधेमा प्रदेश अध्यक्ष नारायण प्रसाद भट्टराईको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष श्रीटिकाराम भट्टराईज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्षले समितिको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको अनुपस्थितिमा सचिव सुरज भट्टराईले कोषको बिवरण प्रस्तुत गर्नु भएको थियो ।

कुल गुरु वशिष्ठको फोटोमा माल्यापण गरि सुरु भएको कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बलका डि आई जी श्रीदुर्गा भट्टराई, केन्द्रिय सदस्य राजकुमार भट्टराई, बाबुराम भट्टराई, भट्टराई बुहारी समाजकी अध्यक्ष बिमला भट्टराई, वरिष्ठ राजनितिज्ञ तथा समाजसेवी युवराज भट्टराई, प्रदेश सदस्य डम्बर भट्टराई, केशव प्रसाद भट्टराई, सिन्धुपलाचोक, रामेछाप, भक्तपुर जिल्लाका अध्यक्ष क्रमश : शिवराम भट्टराई, धुर्व प्रसाद भट्टराई, भक्तपुरका कोषाध्यक्ष लीलाधर भट्टराई लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा उपाध्यक्ष लीलादेवी भट्टराईबाट स्वागत तथा उपाध्यक्ष श्रीकृष्णकुमार भट्टराईबाट उपस्थित सम्पूर्ण सहभागि तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।