सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु : मन्त्री तामाङ

सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु : मन्त्री तामाङ

२०७७, पौष २९ बुधवार

  • 3.8K
    SHARES

  • सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु : मन्त्री तामाङ

    पौष २९, काठमाडौँ ।

    युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदमा रहेका समस्या सबैसित सहकार्य गर्दै समाधान गर्ने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा मंगलवार त्रिपुरेश्वरस्थित कार्यालयमा मन्त्री तामाङको स्वागत कार्यक्रममा उनले सहकार्य गरेर नै चुनौतीको सामना गर्ने बताए ।  

    खेलकूदका समस्या सरोकारवालासँग सहकार्य गर्दै समाधान गर्ने उनको भनाइ थियो । समस्याबारे चाँडै नै सबैसित छलफल गर्ने मन्त्री तामाङले उल्लेख गरे । खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिए । 

    राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे ।

    राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले नयाँ ऐनअनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नुपर्ने, चालु आर्थिक वर्षमा खेलकूदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा आगामी आवमा वृद्धि गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

    स्वागत कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको निरीक्षणसमेत गरेका थिए । 

    २०७७, पौष २९ बुधवार०७:४१:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार