राष्ट्रपति निर्वाचनमा रास्वपाले भोलि मात्र निर्णय लिने

राष्ट्रपति निर्वाचनमा रास्वपाले भोलि मात्र निर्णय लिने

२०७९, फाल्गुण २४ बुधवार

  • 925
    SHARES

  • राष्ट्रपति निर्वाचनमा रास्वपाले भोलि मात्र निर्णय लिने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ।

    राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

    राष्ट्रपतिको निर्वाचनको मतदान भोलि विहिवार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ।

    राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

    २०७९, फाल्गुण २४ बुधवार१२:३३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार