सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल, आज निजी निवासमा सर्दै 

सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल, आज निजी निवासमा सर्दै 

२०७९, फाल्गुण २८ आइतवार

  • 1.2K
    SHARES

  • सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल, आज निजी निवासमा सर्दै 

    काठमाडौँ । आजबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएको छ ।

    नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भएका छन् ।

    आज राष्ट्रपति भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो । उनी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

    भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भइन् ।

    २०७९, फाल्गुण २८ आइतवार०७:३४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार