आजको देशका पहाडी भू–भागमा हल्का वर्षा हुने

आजको देशका पहाडी भू–भागमा हल्का वर्षा हुने

२०७९, फाल्गुण २८ आइतवार

  • 1.1K
    SHARES

  • आजको देशका पहाडी भू–भागमा हल्का वर्षा हुने

    काठमाडौं । आज देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

    २०७९, फाल्गुण २८ आइतवार०७:५६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार