विश्व निकेतन माविको विव्यस गठनमा पुनः गोपालमान श्रेष्ठ निर्विरोध 

विश्व निकेतन माविको विव्यस गठनमा पुनः गोपालमान श्रेष्ठ निर्विरोध 

२०७९, फाल्गुण २८ आइतवार

  • 3.2K
    SHARES

  • विश्व निकेतन माविको विव्यस गठनमा पुनः गोपालमान श्रेष्ठ निर्विरोध 

           
        
    त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको अभिभावक भेलामा विव्यस समिति गठन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का अध्यक्ष हिरालाल तन्डुकारको प्रमुख आतिथ्यतामा विश्व निकेतन माविमा आज भएको अभिभावक भेलाले शौहाद्रपूर्ण वातावरणमा सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरेको हो । 
    शिक्षक, कर्मचारी र अभिभावकहरुको भव्य उपस्थितिमा सम्पन्न उक्त भेलाले गोपाल श्रेष्ठको अध्यक्षतामा द्रोणप्रसाद अर्याल, योगेन्द्रमान श्रेष्ठ र बविता शर्मालाई सदस्यमा छनौट गरिएको कुरा विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले स्याटलाइट खबरलाई बताउनुभयो । अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले  शिक्षक अभिभावक संघ (पीटीए) मा ललिता मोक्तानको अध्यक्षतामा सात सदस्य कमिटि सर्बसम्मत रुपमा छनौट गरिएको कुरा प्रष्ट पार्नुभयो ।
    भेलामा सहभागी प्रमुख अतिथि, अतिथि एवं अभिभावकलाई भेला सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रअ कँडेलले भन्नुभयो, ‘विव्यस सममिति गठनका लागि सहजीकरण गरी महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुभएकोमा विद्यालयको तर्फबाट विशेष धन्यवाद  दिन चाहन्छु । साथै विद्यालयको भौतिक, शैक्षिक प्रगतिका बारेमा रचनात्मक सुझाव दिएर हौसला दिनुहुने सबैप्रति आभारी छु । 
    काठमाडौ महानगरपालिका विद्यालय शिक्षा ब्यबस्थापन नियमावली,२०७४ को परिच्छेद ५को नियम २७ र २८ अनुसार गठन भएको विव्यस समिति छनौट समितिका संयोजक एवं शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलले जानकारी दिनुभयो । भेलामा कामनपाका प्रतिनिधि धर्मराज भट्टराई, श्रोत व्यक्ति खगराज जोशी विभिन्न पार्टीप्रतिनिधिहरुले समेत नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । 
    बधाई तथा शुभकामना मन्तव्य राख्दै ११ नं.वडा अध्यक्ष हिरालाल तन्डुकारले लामो इतिहास बोकेको नमुना विद्यालयका रुपमा परिचित विद्यालयको हाताभित्र कुनै पनि राजनीति गतिविधि सञ्चालन गर्न दिन नहुने बताउँदै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा वडा सदस्य दिपेश राउत, मित्रलाल थोकर,सुर्य बहादुर कार्की निश्चल, कृष्णा पौडेल, निर्मल गिरी, सहायक प्रधानाध्यापक गङ्गा थापालगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । 
    सर्वसम्मत रुपमा पुनः निर्वाचित विव्यस अध्यक्ष गोपाल श्रेष्ठ र शि.अ.संघका अध्यक्ष ललिता मोक्तानले गर्विलो इतिहास बोकेको शैक्षिक संस्थाको उत्तरोत्तर प्रगतिका लागि अहोरात्र खटेर अभिभावकको तर्फबाट खेल्नुपर्ने भूमिका पुरा गर्नेछौैँ भन्दै प्रतिवद्धता मन्तव्य प्रकट गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य केदारप्रसाद दाहालले गर्नुभएको थियो । पटकपटक राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय  पुरस्कारबाट सम्मानित हुन सफल यो विद्यालयमा ७७ वटै जिल्लाका एकचालिस सयभन्दा बढी विद्यार्थी पढ्दै आइरहेका छन् । कार्यक्रमको अवसरमा विद्यालयको भावी योजना र आगामी शैक्षिक शत्रबाट विद्यालयले बसको समेत सुविधा थप गरेको कुरा जानकारी गराएको थियो । 

     

    २०७९, फाल्गुण २८ आइतवार११:३८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार