नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ गर्नुहुने

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ गर्नुहुने

२०७९, फाल्गुण २९ सोमवार

  • 745
    SHARES

  • नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ गर्नुहुने

    काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।

    राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ ।

    नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

    संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

    नेपालमा विसं २०६२-६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

    २०७९, फाल्गुण २९ सोमवार०७:४४:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार