आजको मौसम : देशका पहाडी भागका केही स्थानमा वर्षा

आजको मौसम : देशका पहाडी भागका केही स्थानमा वर्षा

२०७९, फाल्गुण २९ सोमवार

  • 1.1K
    SHARES

  • आजको मौसम : देशका पहाडी भागका केही स्थानमा वर्षा

    काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।

    आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    यसतै, राति भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    २०७९, फाल्गुण २९ सोमवार०७:५३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार