आजको मौसम : पहाडी भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

आजको मौसम : पहाडी भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

२०७९, फाल्गुण ३० मंगलवार

  • 797
    SHARES

  • आजको मौसम : पहाडी भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदली रहने छ।

    देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    राती भने देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    २०७९, फाल्गुण ३० मंगलवार०७:४१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार