उपराष्ट्रपतिको निर्वाचनबारे टुङ्गो लगाउन रास्वपाको संयुक्त बैठक बस्दै

उपराष्ट्रपतिको निर्वाचनबारे टुङ्गो लगाउन रास्वपाको संयुक्त बैठक बस्दै

२०७९, चैत्र ३ शुक्रवार

  • 889
    SHARES

  • उपराष्ट्रपतिको निर्वाचनबारे टुङ्गो लगाउन रास्वपाको संयुक्त बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दै छ।

    आज शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे टुङ्गो लगाइने तयारी छ।

    उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार हुँदैछ। ‍बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ। जसका लागि रास्वपाले कसलाई भोट दिने भन्नेबारे टुङ्गो लगाउन बैठक आह्वान गरेको हो।

    आज हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।

    २०७९, चैत्र ३ शुक्रवार०८:०६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार