शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

२०७९, चैत्र ४ शनिवार

  • 765
    SHARES

  • शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा चियापानका लागि निम्तो गरेका छन् ।

    उपराष्ट्रपति निर्वाचनमा मत दिन आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागि शीतल निवासमा बोलाएका हुन् ।

    उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिकरूपमा सांसदहरूसँग भेटघाट गर्न लागेका हुन् ।

    २०७९, चैत्र ४ शनिवार०८:१०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार