यस्तो छ आजको मौसम : तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

यस्तो छ आजको मौसम : तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

२०७९, चैत्र ४ शनिवार

  • 785
    SHARES

  • यस्तो छ आजको मौसम : तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू(भागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति कोशी, मधेस र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि पनि पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    २०७९, चैत्र ४ शनिवार०८:१३:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार