मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दल एकढिक्का नहुने संकेत

मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दल एकढिक्का नहुने संकेत

२०७९, चैत्र ९ बिहिवार

  • 1.1K
    SHARES

  • मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दल एकढिक्का नहुने संकेत

    काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेको हो।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए। लेखकले भने, ‘प्रारम्भिक छलफल भयो। सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ। अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको छैन।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य भइरहेको छ। तर सत्ता साझेदार दलबीच भागबन्डा मिल्न सकेको छैन।

    पुस १० मा नेकपा (एमाले) को सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन फागुन १२ गते गठबन्धन टुटेको थियो।

    २०७९, चैत्र ९ बिहिवार०७:३०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार