नेपाल कमर्स क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन भोलि हुँदै

नेपाल कमर्स क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन भोलि हुँदै

२०७९, चैत्र १० शुक्रवार

  • 997
    SHARES

  • नेपाल कमर्स क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन भोलि हुँदै

    काठमाडौँ । नेपाल कमर्स क्याम्पसको स्थगित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भोलि (शनिबार) हुने भएको छ । गत चैत ५ गते निर्धारित निर्वाचन उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।

    त्रिविको निर्देशनबमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्न भएको ब्यहोराअनुसार क्याम्पस प्रशासन, निर्वाचन समिति र सम्बद्ध विद्यार्थी सङ्घ सङ्गठनका उम्मेदवारबीच भएको सहमतिका आधारमा चैत ११ गते शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    २०७९, चैत्र १० शुक्रवार०७:३३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार