आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७९, चैत्र ११ शनिवार

  • 785
    SHARES

  • आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । मौसममा बदलीदेखि वर्षाको सम्भावना रहेको हो ।

    सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    २०७९, चैत्र ११ शनिवार०६:४८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार