एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

२०७९, चैत्र ११ शनिवार

  • 1.1K
    SHARES

  • एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

    जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

    एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा शुक्रबार आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताउनुभयो ।

    “हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो ।

    एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताउनुभयो ।

    एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेत्री जुली महतोलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

    २०७९, चैत्र ११ शनिवार०६:५७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार