लायन्स क्लबले मानव सेवाका विविध क्षेत्रमा पुर्याएको योगदान अतुलनीय : पूर्वराष्ट्रपति डा यादव

लायन्स क्लबले मानव सेवाका विविध क्षेत्रमा पुर्याएको योगदान अतुलनीय : पूर्वराष्ट्रपति डा यादव

२०७९, चैत्र ११ शनिवार

  • 661
    SHARES

  • लायन्स क्लबले मानव सेवाका विविध क्षेत्रमा पुर्याएको योगदान अतुलनीय : पूर्वराष्ट्रपति डा यादव

    जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले लायन्स क्लबले मानव सेवाको विविध क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

    लायन्स क्लब ३२५ एफ को पहिलो साधारणसभाको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै उहाँले लायन्स क्लबले नेपालको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको र अब वातावरण संरक्षणका क्षेत्रमा पनि योगदान गर्न आवश्यक भएको बताउनुभयो ।

    पूर्वराष्ट्रपति डा यादवले कुनै बेला धान चामल निर्यात गर्ने देशका रूपमा चिनिएको नेपालमा अहिले बर्सेनि अर्बको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएकाले कृषि उद्यम, आर्थिक विकास र पर्यावरण संरक्षणमा युवालाई जुट्न आग्रह गर्नुभयो ।

    उद्योगपति एवं लायन राजेन्द्र खेतानले समृद्ध देश बनाउनका लागि लगानीमैत्री वातावरण, सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताउनुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    आजसम्म चल्ने वार्षिक साधारणसभाबाट नयाँ नेतृत्वको चयन गर्ने लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

    २०७९, चैत्र ११ शनिवार०७:००:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार