प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०७९, चैत्र १२ आइतवार

  • 741
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा।भरतराज गौतमले जानकारी दिए ।

    २०७९, चैत्र १२ आइतवार०७:५४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार