चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

२०७९, चैत्र १३ सोमवार

  • 1.1K
    SHARES

  • चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

    गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो ।

    हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

    २०७९, चैत्र १३ सोमवार०९:४७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार