प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

२०७७, पौष २९ बुधवार

  • 2.3K
    SHARES

  • प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

    पौष २९, भक्तपुर । 

    भक्तपुर नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको छ । सभामा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताए ।

    उनले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै निर्वाचनबाट भाग्न हुँदैन भने ।  
     
     उनले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन माग गरे ।

    काठमाडौँ उपत्यकाका सम्पदा समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्दै उनले भक्तपुरको चारै दिशामा शहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित शहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताए ।

    कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले अविचलित ढङ्गले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका जनप्रतिनिधिको भूमिका अझ बढेको बताए ।

    कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नपाले आफ्नो छुट्टै पहिचान कायम गरिरहेको बताए । 

    २०७७, पौष २९ बुधवार०७:५७:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार