मावि प्रथम श्रेणीमा बढुवा हुन सफल चौधरी सहित ३० जना सम्मानित

मावि प्रथम श्रेणीमा बढुवा हुन सफल चौधरी सहित ३० जना सम्मानित

२०७९, चैत्र १५ बुधवार

  • 1.1K
    SHARES

  • मावि प्रथम श्रेणीमा बढुवा हुन सफल चौधरी सहित ३० जना सम्मानित

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्ला समितिले एकैपटक ३० जना शिक्षकशिक्षिकालाई सम्मान गरेको छ । 

    संगठनले गत शनिवार काठमाडौंको गोकर्णेश्वर सहिदपार्कमा आयोजित वृहत बनभोजको अवसर पारेर बढुवा हुन सफल, नयाँ नियुक्ति तथा सरुवा भई काठमाडौंमा पदस्थापन भएका शिक्षकशिक्षिकालाई सम्मान गरेको हो । 

    यसक्रममा मा वि प्रथम श्रेणीमा बढुवा हुन सफल कागेश्वरी मनहरा नगरपालिका स्थित आदर्श मा.वि.भद्रवासका जयसिंह चौधरीलाई प्रमुख अतिथि नेपाल शिक्षक महासंघ निवर्तमान अध्यक्ष बाबुराम थापा, संगठनकी केन्द्रीय उपाध्यक्ष कमला थापा, महासचिव हंश बहादुर शाही लगाएतले खादा तथा अबिर लगाएर सम्मान गरेका थिए ।

    त्यसै गरि सम्मानित हुनेहरुमा डम्मरु प्रसाद पोखरेल आदर्श मा.वि.भद्रवास कागेश्वरी मनहरा न.पा.बढुवा (मा.वि.द्धितीय), पुरुषोतम पहाडी नेपाल राष्ट्रिय निर्माण मा.वि कागेश्वरी मनहरा न.पा.बढुवा (मा.वि.द्धितीय), ओम कुमार श्रेष्ठ तेज विनायक मा.वि. कागेश्वरी मनहरा न.पा बढुवा (मा.वि.द्धितीय), गायत्री प्रसाद खनाल गान्धी आदर्श मा.वि. कागेश्वरी मनहरा न.पा बढुवा (मा.वि.द्धितीय), गुणराम आचार्य चामुण्डा मा.वि. गोकर्णेश्वर न.पा. बढुवा (मा.वि.द्धितीय), तेजा ज्ञवाली सुन्ताखान मा.वि.गोकर्णेश्वर न.पा.सरुवा भई आएको, पार्वती भण्डारी सुन्ताखान मा.वि.गोकर्णेश्वर न.पा.सरुवा भई आएको, संगिता दाहाल चामुण्डा मा.वि.गोकर्णेश्वर न.पा.सरुवा भई आएका, संगिता श्रेष्ठ सुन्ताखान मा.वि.गोकर्णेश्वर न.पा.सरुवा भई आएको, रोशनी सिंह सुन्ताखान मा.वि गोकर्णेश्वर न.पा.सरुवा भई आएको, गुरु प्रसाद दंगाल चामुण्डा मा.वि. गोकर्णेश्वर न.पा.सरुवा भई आएको, मधव प्रसाद ओली नन्दी मा.वि.नक्साल काठमाडौँ महानगर बढुवा (मा.वि.द्धितीय), डा.जयन्ती पौड्याल ग्राम शिक्षा मन्दिर मा.वि.बुढानिलकण्ठ न.पा.बढुवा –नि.मा.वि.प्रथम), बलराम फूयाल नेपाल चार्टर आधारभूत विद्यालय बुढानिलकण्ठ न.पा.सरुवा भई आएका, वसन्त बस्नेत विष्णु देवी मा.वि.चन्द्रा गिरि न.पा. नयाँ नियुक्ती, अम्बु थापा घ्याम्पा देवी आ.वि.दक्षिणकाली न.पा नयाँ नियुक्ती, समुन्द्र बलामी काली देवी आ.वि.दक्षिणकाली न.पा. नयाँ नियुक्ती, दिनेश पाण्डे मानसिंह धर्म मा.वि.तारकेश्वर न.पा.बढुवा (नि.मा.वि.प्रथम), नरायण काप्री पृथ्वीनारायण मा.वि. तारकेश्वर न.पा.बढुवा (मा.वि.द्धितीय), पवन फूयाल नगार्जुन मा.वि.तारकेश्वर न.पा. बढुवा (मा.वि.प्रथम), शैलेन्द्र डल्लाकोटी नेपाल राष्ट्रिय मा वि. तारकेश्वर न.पा. सरुवा भई आएको, दिल कुमारी पङगेनी पृथ्वीनारायण मा.वि.तारकेश्वर न.पा.सरुवा भई आएको, अम्विका चापागाई सांग्ला बालकुमारी मावि तारकेश्वर न.पा.सरुवा भई आएको, तेजनाथ आचार्य गा्रमसेवा मावि तारकेश्वर न.पा.प्रधानाध्यापक, अनामिका आचार्य तारकेश्वर न.पा. लगाएत रहेका छन् । 

    वनभोजको अवसर पारेर सांकेतिक रुपमा मात्रै शिक्षकशिक्षिका साथीहरुलाई सम्मान गरिएको र आगामी बृहत कार्यक्रमका बिच सयौँको संख्यालाई सम्मान गरिने संगठनका अध्यक्ष डिल्ली शर्माले बताएका छन् ।  

    २०७९, चैत्र १५ बुधवार१०:३०:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार