प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

२०७९, चैत्र १८ शनिवार

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे ।

    तर खेलको २४औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक÷एक गोेलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

    पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो । खेलको ८७औँ मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उनले अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका हुन् । खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० अमेरिकी डलर पाए ।

    त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे । प्रतियोगिताको विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा नेपालसहित लाओस र भुटानको सहभागिता रहेको थियो ।

    २०७९, चैत्र १८ शनिवार०८:२२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार