काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आज (आइतबारका) लागि निर्धारण गरेको विभिन्न तहको परिक्षा स्थगित गरेको छ।
दीक्षान्त समारोहका लागि भन्दै पूर्वाञ्चल विश्वविद्यालयले आइतकारका लागि तोकिएका परीक्षा अर्को दिन हुने भन्दै शनिबार अबेर सूचना सार्वजनिक गरेको हो।
परिक्षा नियन्त्रक अयज शाहले दीक्षान्त समारोहका कारण परीक्षा पछिका लागि सारिएको जानकारी दिए। उनले भने, ‘भोलिको सबै परीक्षा अर्को दिनका लागि सार्ने निर्णय भएको छ।’
अबेर सूचना आउँदा परीक्षाका तयारीमा रहेका विद्यार्थी अन्योलमा परेका छन्। उनीहरुले आफूले अध्ययन गरेको कलेजले समेत आधिकारिक सूचना नदिएको भन्दै गुनासो गरेको छन्।