शिक्षक,कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने

शिक्षक,कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने

२०७९, चैत्र २१ मंगलवार

  • 889
    SHARES

  • शिक्षक,कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने

    शिक्षक,कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने

    पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिसँगै शिक्षक र कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने भएको छ ।


    गाउँ कार्यपालिकाले पारित गरेको शिक्षा ऐन लागू भएसँगै यो व्यवस्था स्वतः लागू हुने भएको हो ।


    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न यो नियम अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।सरकारी कार्यालयमा जागिर खाएर छोराछोरी निजी बोर्डिङमा पढाउँदा शिक्षक र कर्मचारीमा जिम्मेवारी बोध नहुने भएकाले यस्तो नियम बनाइएको उनले सुनाए ।

    योसँगै गाउँ कार्यपालिकादेखि वडा तहका सबै पदमा निर्वाचित जनप्रतिनिधिले पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने व्यवस्था शिक्षा ऐनले गरेको छ ।

    पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । शैक्षिक सत्र २०८० देखि यो व्यवस्था अनिवार्य हुने गाउँपालिकाले जनाएको छ ।

    २०७९, चैत्र २१ मंगलवार१०:४१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार