उपनिर्वाचन : उम्मेदवारहरूको नामावली प्रकाशन आज

उपनिर्वाचन : उम्मेदवारहरूको नामावली प्रकाशन आज

२०७९, चैत्र २२ बुधवार

  • 921
    SHARES

  • उपनिर्वाचन : उम्मेदवारहरूको नामावली प्रकाशन आज

    काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ ।

    निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने तालिका छ ।

    तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो । उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो ।

    यस क्रममा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । सोअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

    बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकेको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् ।

    २०७९, चैत्र २२ बुधवार१०:०४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार