कोरोना अपडेट : थप १ सय २१ सङ्क्रमित ,१ जनाको निधन

कोरोना अपडेट : थप १ सय २१ सङ्क्रमित ,१ जनाको निधन

२०७९, चैत्र २९ बुधवार

  • 689
    SHARES

  • कोरोना अपडेट : थप १ सय २१ सङ्क्रमित ,१ जनाको निधन

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ जना सङ्क्रमितको निधन भएको हो ।

    मङ्गलबार चैत २८ गते पनि १ जनाको निधन भएको थियो । 

    यसैगरी आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

    यसैगरी काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

    हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

    २०७९, चैत्र २९ बुधवार०६:१३:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार