प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी

२०७९, चैत्र ३० बिहिवार

  • 689
    SHARES

  • प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी

    काठमाडौँ । सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिकरसरकारीरसर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । 

    यही चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रिल १७ देखि २३ सम्म न्यूयोर्कमा आयोजना हुने ‘आदिवासी मुद्दामा संयुक्त राष्ट्र सङ्घीय स्थायी मञ्च (युएन–पिएफआइआइ) कार्यक्रममा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । 

    बैठकले प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति र पदस्थापन गर्ने, नेपाली सेना, सैनिक साधारण सेवाका एक सहायक रथीको उपरथी दर्जामा र नौ जना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरेको छ । 

    सरकारले लोक सेवा आयोगको सिफारिसबमोजिम छ जनालाई निजामती सेवाका विभिन्न सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने, मन्त्रिपरिषद् प्रशासन समितिबाट पेश भएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । 

    कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका तेह्रथुमका पदमकुमार लिम्बूलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिईन् । 

    २०७९, चैत्र ३० बिहिवार०४:५१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार