प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२०८०, बैशाख ५ मंगलवार

  • 797
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    त्यस्तैगरी प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    २०८०, बैशाख ५ मंगलवार०८:५१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार