एसिसी प्रिमियर कप आजबाट : नेपाल मलेसियासँग भिड्दै

एसिसी प्रिमियर कप आजबाट : नेपाल मलेसियासँग भिड्दै

२०८०, बैशाख ५ मंगलवार

  • 929
    SHARES

  • एसिसी प्रिमियर कप आजबाट : नेपाल मलेसियासँग भिड्दै

    काठमाडौँ । एसिया कप छनोटको आधारका रूपमा रहेको एसिसी प्रिमियर कप मंगलबार आजबाट सुरु हुँदैछ। प्रतियोगिता टियु क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ।

    नेपालले टियु मैदान कीर्तिपुरमा मलेसियाको सामना गर्दा मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेलका रूपमा हङकङ र सिंगापुर भिड्दै छन्।

    मूलपानी मैदानमा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगिताहरू मात्र आयोजना हुँदै आएको थियो। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुँदैछ।

    नेपालले घरेलु मैदानमा मलेसियासँग ५० ओभरको खेल पहिलो पटक खेल्न लागेको हो। दुवै खेल बिहान ९ बजे सुरु हुने छ। फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १-१ खेल हुने कार्यतालिका रहेको छ।

    कुल २४ खेल हुने प्रतियोगिताको फाइनल १८ वैशाखमा हुने छ। यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह ए मा रहेको नेपाल प्रतियोगितामा मलेसिया, साउदी अरेबिया, कतार र ओमानसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्।

    हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

    प्रतियोगितामा फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुने छ। एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुने छ। यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपका लागि छनोट हुने छन्।

    २०८०, बैशाख ५ मंगलवार०८:५६:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार