पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

२०८०, बैशाख ६ बुधवार

  • 589
    SHARES

  • पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

    काठमाडौँ । स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    त्यस्तै, आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    २०८०, बैशाख ६ बुधवार०८:४९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार