काँग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

काँग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

२०८०, बैशाख ६ बुधवार

  • 845
    SHARES

  • काँग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

    काठमाडौँ । नेपाली काँग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।

    काँग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार विज्ञप्तिमार्फत बागी बनेर स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बाराका पार्टीका सम्पूर्ण सदस्यको अनुशासनको कारबाही हिजैका मितिदेखि लागू हुने गरी फुकुवा गरेको जनाएको हो ।

    काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी उक्त धाराको व्यवस्था निलम्वन हुने समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

    पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बाराका सम्पूर्ण नेता कार्यकर्तालाई यही वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत समितिले अनुरोध गरेको छ ।

    २०८०, बैशाख ६ बुधवार०८:५३:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार