आज इद उल फित्र पर्व

आज इद उल फित्र पर्व

२०८०, बैशाख ९ शनिवार

  • 973
    SHARES

  • आज इद उल फित्र पर्व

    काठमाडौँ । इस्लाम समुदायले आव विशेषरुपमा इद उल फित्र पर्व मनाउँदै छन् ।

    देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठुलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् ।

    रमादान महिना गरिब, दीन दुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेको छ।

    आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुनेछ ।

    २०८०, बैशाख ९ शनिवार०७:४९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार