एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै, नेपालको खेल सोमवार

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै, नेपालको खेल सोमवार

२०८०, बैशाख ९ शनिवार

  • 861
    SHARES

  • एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै, नेपालको खेल सोमवार

    काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ ।  

    कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

    वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ । 

    कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

    यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

    त्यसै गरि बैशाख ५ गते मलेसियासँग जित निकाल्दै उद्घाटन भएको खेलमा हिजो शुक्रवार प्रतियोगिताकै बलियो मानिएको टोली ओमानलाई एकपक्षिय रुपमा ८४ रनले हराउँदै नेपालले विजयी यात्रा जारी राखेको छ ।

    नेपालले आगामी सोमवार साउदी अरेवियासँग खेल्ने छ भने विहिवार कतार सँगको खेल खेल्दै लिगचरणको यात्रा सम्पन्न हुनेछ । समूहमा प्रथम स्थानमा रहँदै सेमीफाइनल नजिक नेपाल रहेको छ । 

    फाइनल आगामी बैशाख १८ गते हुनेछ । 

    २०८०, बैशाख ९ शनिवार०८:०६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार