सेवा बन्द गरेर नयाँ भवनमा सर्दै काठमाडौं वडा ३१, सेवाग्राहीको चर्को गुनासो

सेवा बन्द गरेर नयाँ भवनमा सर्दै काठमाडौं वडा ३१, सेवाग्राहीको चर्को गुनासो

२०८०, बैशाख २१ बिहिवार

  • 1.0K
    SHARES

  • सेवा बन्द गरेर नयाँ भवनमा सर्दै काठमाडौं वडा ३१, सेवाग्राहीको चर्को गुनासो

    काठमाडौं । काठमाडौं महानगरपालिका ३१ नं वडा कार्यालय अब नयाँ भवनबाट संचालन हुने भएको छ । 

    हाल भिमसेनगोला स्थित पुरानो भवनबाट कार्यालय संचालन भईरहेकोमा वैशाख २४ गते आइतवार देखि शान्तिनगर स्थित नवनिर्मित भवनबाट वडा संचालन हुन लागेको हो । 

    जसका लागि वडाले कार्यालय सार्ने भन्दै बुधवार आधा र विहिवार पुरै सार्वजनिक बिदा घोषणा गरेको छ । शुक्रवार(बुद्ध जयन्ती) परेकाले आइतवारबाट मात्र वडा संचालन हुने सुचनामा जनाइएको छ । 

    आधारभूत रुपमा सेवा प्रदायक मानिएको स्थानिय सरकार आफुखुशी कार्यालयनै बन्द गरेर भवन स्थानान्तरण गर्दा सेवाग्राहीलाई मर्का परेको सरोकारवालाको भनाई छ । 

    बुधवार कार्यालय परिसरमा भेटिएका विभिन्न सिफारिस लिन आएका सेवाग्राहीले वडाको गैरजिम्मेवार कार्य प्रति चर्को गुनासो गरेका छन् । 

    वडामा कागजात तथा फर्निचर लगाएतका सामाग्री धेरै हुँदा सार्न समय लाग्ने भएकाले विदा दिएरै भवन सार्नु परेको वडा सचिव सुरेश साहुले बताएका छन् । यसबारेमा थप बुझ्न खोज्दा वडा अध्यक्ष सरोज ढकालसँग भने सम्पर्क हुन सकेन । 

    1.jpg

    २०८०, बैशाख २१ बिहिवार०७:४३:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार