कोशी प्रदेशकै बृहत महापुराणयज्ञ झापाको दमकमा, सवाकरोड दिप प्रज्वलन गरिने

कोशी प्रदेशकै बृहत महापुराणयज्ञ झापाको दमकमा, सवाकरोड दिप प्रज्वलन गरिने

२०८०, बैशाख २१ बिहिवार

  • 1.5K
    SHARES

  • कोशी प्रदेशकै बृहत महापुराणयज्ञ झापाको दमकमा, सवाकरोड दिप प्रज्वलन गरिने

    दमक । कोशी प्रदेशकै बृहत महाअनुष्ठान श्रीमद्भागवत महापुराणयज्ञ झापाको दमक स्थित वशिष्ठ आश्रममा हुने भएको छ । 

    सप्ताहव्यापी महापुराण भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय परिसर स्थित राधाकृष्ण मन्दिरको प्रांगणमा यहि वैशाख २५ गतेदेखि ३१ गते सम्म संचालन हुने भएको हो । 

    भागवतमञ्जरी ब्रम्हवादिनी पुज्या राधीका दासीबाट हुने कथावाचन प्रदेशकै एक महत्वपूर्ण महाअनुष्ठान हुने भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय सचिव लोकनाथ भट्टराईले बताएका छन् । 

    यस क्षेत्रका सम्पूर्ण जातजाती तथा गोत्रिय पितृहरुको उद्धारका लागि, परिसरमा वेत्रावती गङ्गा पितृमोक्ष धाम निर्माण गर्न, अक्षयकोषको वृद्धि गर्न उक्त अनुष्ठानको लक्ष्य रहेको संचार प्रवक्ता अर्जुन भट्टराईले बताए । 

    करिव ५ विगाहा क्षेत्रफलमा फैलिएको वरिष्ठ आश्रम परिसरमा आएर देवदेवादीका मन्दिर दर्शन अवलोकन गर्नुका साथै महापूराणमा सरिक भई कुल पितृहरुका नाममा यथाशक्य दिप प्रज्वलन गर्न समेत प्रवक्ताले आव्हान गरेका छन् ।

    सबै जातजातिको प्रसिद्ध तिर्थस्थलको रुपमा विकास हुँदै गरेको यस धार्मिक स्थलको विशाल प्रांगणलाई वैदिक क्षेत्र, तान्त्रिक क्षेत्र र मोक्ष क्षेत्र गरि ३ भागमा बाँडिएको छ । 

    महापूराणको अघिल्ल्लो दिन अर्थात वैशाख २४ गते बृहत कलश यात्रा संचालन हुनेछ । 

    महापूराणमा नेपालका सबै प्रदेशका साथै भारतको आसाम, म्यानमार, बेलायत, अमेरिका लगाएतका देशबाट समेत भक्तजनहरु आउने तयारी गरिएको पनि प्रवक्ताले बताएका छन् ।

    त्यस्तै महापूराणको समापनको अघिल्लो दिन सवाकरोड दिप प्रज्वलन गरिने समेत उनले बताएका छन् । 

    २०८०, बैशाख २१ बिहिवार१०:५४:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार