रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

२०७७, मंसिर १२ शुक्रवार

  • 1.2K
    SHARES

  • रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

    मंसिर १३, मस्को । एजेन्सी ।

    रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका हुन् । 

    राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताए ।   

    उनले भने, “आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ, यो बर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ ।” 

    रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो । 

    तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही बर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन् । 

    सरकारले नयाँ बर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन । यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए । 

    २०७७, मंसिर १२ शुक्रवार१०:२६:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार